काठमाडौँ– लोक सेवा आयोगले प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरह पदमा आन्तरिक प्रतिस्पर्धाका लागि आवेदन दिएका २१० उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
आयोगको परीक्षा सञ्चालन शाखाले विज्ञापन नम्बर १६६५४/०८३–८४ अन्तर्गत दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।
आयोगले मंसिर २ गते प्रकाशित गरेको उक्त नामावली आन्तरिक प्रतियोगितामार्फत सहसचिव पदमा प्रतिस्पर्धा गर्न योग्य ठहरिएका उम्मेदवारहरूको हो।



