लोकसेवाले खुलायो पाँचौँ तहका पदमा विज्ञापन - Chaitanya News
  • 2026-11-25
  • 09:24:26
  • बुधबार,मंसिर १०, २०८३
  • लोकसेवाले खुलायो पाँचौँ तहका पदमा विज्ञापन

    लोकसेवाले खुलायो पाँचौँ तहका पदमा विज्ञापन

    काठमाडौँ– गण्डकी प्रदेश लोक सेवा आयोगले पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त खुलाएको छ।

    आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाअन्तर्गत विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो।

    आयोगले आज सूचना जारी गर्दै विज्ञापन नम्बर १०३/२०८३–८४ अन्तर्गत योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको जनाएको छ।

    विज्ञापनअनुसार उम्मेदवारले आजदेखि मंसिर २९ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस ७ गतेसम्म दरखास्त दिन पाउनेछन्।

    प्रदेश तथा स्थानीय सेवामा स्थायी रोजगारीको अवसर खोजिरहेका योग्य उम्मेदवारले आयोगले तोकेको प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।