काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा कायम हुँदा बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा पुगेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा तोकिएको छ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ । दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा तोकिएको छ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा कायम भएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ रहेको छ । कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ०५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ।