काठमाडौं — नेपाल प्रहरी संगठनभित्र एकैपटक ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ६० जना एसपीको सरुवा गर्दै उनीहरूको कार्यक्षेत्र तथा जिम्मेवारी हेरफेर गरेको हो।
प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले मंगलबार गरेको निर्णयअनुसार ६० जना एसपीको सरुवा गरिएको जानकारी दिएको छ।
विभागका अनुसार सरुवा भएका सबै प्रहरी उपरीक्षकले मंसिर महिनादेखिको तलब तथा भत्ता सरुवा भई गएको नयाँ कार्यस्थलबाट प्राप्त गर्नेछन्।
यसैअनुसार आवश्यक अभिलेख व्यवस्थापन गर्न विभागले राष्ट्रिय किताबखानालाई अनुरोधसमेत गरेको छ।
एकैपटक ठूलो संख्यामा एसपीको सरुवा भएपछि प्रहरी संगठनको विभिन्न तहमा जिम्मेवारी परिवर्तन भएको छ। सरुवा सूचीमा समावेश ६० जना प्रहरी उपरीक्षकको नाम तथा सरुवा भएको स्थान सूचीसहित सार्वजनिक गरिएको छ।





