चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 44 of 1105
  • 2026-10-07
  • 09:46:03
  • बुधबार,आश्विन २१, २०८३

About Author

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख भन्दा बढी जम्मा

काठमाडौँ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौ वटा बैंकमा रु.९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ। त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको कार्यालयले जनाएको छ। विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ रु.१७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु. १ अर्ब निकासा गरिएको थियो।

News by प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख भन्दा बढी जम्मा :