लोकसेवाले गर्‍यो सब–इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-10-08
  • 16:25:07
  • बिहिबार,आश्विन २२, २०८३
  • लोकसेवाले गर्‍यो सब–इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस

    लोकसेवाले गर्‍यो सब–इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस

    काठमाडौँ– लोक सेवा आयोगले सब–इञ्जिनियर पदका लागि वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आयोगको काठमाडौं कार्यालयले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फको सब–इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।

    आयोगका अनुसार विज्ञापन नम्बर १२००२/०८१–८२ (खुला), राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) अन्तर्गत उक्त पदमा वैकल्पिक उम्मेदवारको सिफारिस गरिएको हो। आयोगले सम्बन्धित प्रक्रिया पूरा गर्दै वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई सिफारिस गरेको जनाएको छ।