चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 575 of 1154
  • 2026-11-23
  • 14:00:11
  • सोमबार,मंसिर ०८, २०८३

About Author

उपनिर्वाचन: बझाङ प्रदेश सभा–१ मा कांग्रेसका अभिषेक सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

बझाङ– आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। दिउँसो ३ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहको उम्मेदवारी दर्ता भएको हो। त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिल सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ। यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। अन्य केही उम्मेदवारहरू मनोनयन दर्ताको क्रममा रहेका छन्।