१६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्यो? : अधिवक्ता भण्डारी - Chaitanya News
  • 2026-07-10
  • 13:03:59
  • शुक्रबार,आषाढ २६, २०८३
  • १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्यो? : अधिवक्ता भण्डारी

    १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्यो? : अधिवक्ता भण्डारी

    काठमाडौँ– क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता एवं अधिवक्ता एकराज भण्डारीले १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्यो भन्दै प्रश्न गरेका छन। आज (मंगलबार) मोर्चाले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले संविधान संशोधन गरी समाजवादी व्यवस्था लागु गर्न समाजवादी मोर्चाका नेताहरूलाई चुनौती समेत दिए।

    भण्डारीले अदृश्य शक्तिका कारण संविधान संशोधन गर्न नसक्ने दाबी गरे।

    ‘सत्य निरुपणसम्बन्धी विधेयक एक वर्षदेखि संसदमा रोकिएको छ। १६ वर्ष वित्यो विधेयक पारित गर्न कसले रोक्यो? सबैले पास गर्छु भन्छन्। तर अहिलेसम्म पास भएको छैन। अदृश्य शक्तिले रोक्यो रु यो संसदीय शासन प्रणालीलाई संशोधन गरी समाजवादी व्यवस्था लागु गर्न सक्नुहुन्छ?’, उनले नेताहरूमाथि प्रश्न उठाउँदै भने, ‘अदृश्य शक्तिबाट त्यसो गर्न सक्नुहुन्न भने सत्ता छोडेर सडकमा आउनुहोस्। सारंगी र्‍याइँर्‍याइँ गरेर काम छैन।

    कानुन नमान्ने संसद्, सरकार, संवैधानिक अंग रहेका आरोप लगाउँदै यही संसदीय व्यवस्थाबाट समाजवाद नआउने तर्क गरे। शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरू बिग्रिएकाले सत्तालाई केन्द्रमा राखेर आगामी निर्वाचनमा भोट माग्न नआउन भण्डारीले चेतावनी दिए।