उपनिर्वाचन: बझाङ प्रदेश सभा–१ मा कांग्रेसका अभिषेक सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-07-10
  • 11:47:23
  • शुक्रबार,आषाढ २६, २०८३
  • उपनिर्वाचन: बझाङ प्रदेश सभा–१ मा कांग्रेसका अभिषेक सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

    उपनिर्वाचन: बझाङ प्रदेश सभा–१ मा कांग्रेसका अभिषेक सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

    बझाङ– आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। दिउँसो ३ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहको उम्मेदवारी दर्ता भएको हो।

    त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिल सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ।

    यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। अन्य केही उम्मेदवारहरू मनोनयन दर्ताको क्रममा रहेका छन्।