1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महासागर आकार
a. प्रशान्त महासागर 1. O आकार
b. आन्ध्र महासागर 2. त्रिभुज आकार
c. हिन्द महासागर 3. Sआकार
d. कुमेरु महासागर 4. U आकार
A) a2,b1,c3,d4 B) a2,b1,c4,d3 C) a1,b2,c3,d4 D) a2,b3,c4,d1
2. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. ७ तालको जिल्ला- कास्की B. ७ कुण्डको जिल्ला – रसुवा
C. खुम्बु उपत्यका -सोलुखुम्बु D. देउखरी उपत्यका -बझाङ
3. देहायका मध्ये कुन गलत छ ?
A. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा डग स्टार हो ।
B. पृथ्वीमा पाइने सबैभन्दा जेठो वस्तु पानी हो ।
C. बह्माण्ड सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई एस्ट्रोलोजी भनिन्छ ।
D. सर्वप्रथम अन्तरिक्षमा पुग्ने पुरुष युरी गागरिन हुन ।
4. नेपालका इतिहासका विभिन्न व्यक्तिहरुको वास्तविक नाम र उपनामबारे जोडा मिलाउनूहोस् ।
समुह I समुह II
a. कविन्द्र 1. प्रताप मल्ल
b. खरिदार बाजे 2. बाबुराम आचार्य
c. धनकुटे राजा 3. बमबहादुर राणा
d. महिला मिनिस्टर 4. देव शमशेर
A) a4,b1,c3,d2 B) a3,b4,c2,d1 C) a1,b2,c4,d3 D) a3,b1,c2,d4
5. चट्टान सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
A) Pedology B) Petrology C) Paleontology D) Topology
6. एशिया र अफ्रिका महादेशको विचमा रहेको सागर तलका मध्ये कुन हो ?
A. लाल सागर B. जापानी सागर C. भुमध्य सागर D. बेरिङ् सागर
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
प्रदेशको नाम स्थानीय तह
a. कोशी प्रदेश 1. १३७
b. मधेश प्रदेश 2. १३६
c. बागमति प्रदेश 3. ११९
d. गण्डकी प्रदेश 4. ८५
A) a2,b3,c1,d4 B) a2,b1,c4,d3 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
8. विश्व आर्थिक स्वतन्त्रता सुचकांक २०२३ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. १३५ औ B. १४२ औ C. १४३ ओ D. १४० औ
9. G-7 सम्मेलन अगामी २०२४ मा कुन देशमा आयोजना हुदैछ ?
A. बेलायत B. जर्मनी C. इटाली D. जापान
10. नेपालका विभिन्न मुद्रा र तिनलाई चलनचल्तीमा ल्याउने राजा बारे जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. पण र पुराण 1. महेन्द्र मल्ल
b. सुकी मुद्रा 2. प्रताप मल्ल
c. चारकुने मुद्रा 3. नरेन्द्र मल्ल
d. छालाको मुद्रा 4. शिवदेव तृतिय
A) a3,b2,c4,d1 B) a3,b1,c3,d2 C) a1,b4,c3,d2 D) a3,b4,c2,d1
11. किलर माउन्टेनको नामबाट चिनिने नेपालको हिमाल कुन हो ?
A. मनास्लु B. लामटाङ C. ल्होत्से D. कञ्चनजंघा
12. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालमा सबैभन्दा बढि नगरपालिका भएको प्रदेश मधेश प्रदेश हो ।
२. नेपालमा सबैभन्दा बढि गाउपाँलिका भएको कोशी प्रदेशमा रहेको छ ।
३. नेपालमा सबैभन्दा बढि स्थानीय तह बागमति प्रदेशमा रहेको छ ।
A. १,२ सहि ३ गलत B. सबै सहि C. १,३ सहि २ गलत D. सबै गलत
13. हिमाली हावापानी सम्बन्धि दिइएको भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. यो हावापानी ५००१ देखि ८४४८ मिटर सम्म पाईन्छ ।
२. यहाँको तापक्रम 0 डिग्री सेन्टिग्रेडभन्दा कम हुन्छ ।
३. यसलाई टुन्ड्रा हावापानी पनि भनिन्छ ।
A. सबै सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत
14. राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकामा साक्षरता दर कति प्रतिशत रहेको छ ?
A. ७१.८ प्रतिशत B. ७१.९ प्रतिशत C. ७१.१० प्रतिशत D. ७१.११ प्रतिशत
15. तलका मध्ये कुन जोडा गलत छ ?
A. पहिलो दिगो विकास सम्मेलन – स्वीडेन
B. पहिलो कोप सम्मेलन – जर्मनी
C. पहिलो जलवायु परिवर्तन सम्मेलन – स्वीजरल्याण्ड
D. विश्वको पहिलो जनसंख्या सम्मेलन – चीन
16. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्य सम्ममा विश्व सम्पदा सूचिकृतमा कति पु¥याउँने अनुमान गरिएको छ ?
A. १२ प्रतिशत B. १३ प्रतिशत C. १० प्रतिशत D. ११ प्रतिशत
17. जोडा मिलाउनुहोस् ।
समुह I समुह II
a. गोवी मरुभुमी 1. अमेरिका
b. मोजाभी मरुभुमी 2. भारत र पाकिस्तान
c. थार मरुभुमी 3. तुर्कमिनिस्तान
d. काराकुम मरुभुमी 4. एसिया
A) a4,b1,c2,d3 B) a2,b1,c3,d4 C) a4,b3,c2,d1 D) a3,b4,c2,d1
18. सम्पतिमा महिलाको अधिकार सम्बन्धमा नेपालमा महिलाले घर जग्गा पास गराइएका सरकारी राजस्वमा कति प्रतिशत कर छुट दिने व्यवस्था छ ?
A. २५ % B. १० % C. २० % D. १५ %
19. सन् १९६१ मा स्थापना भएको Amnesty International संस्थापक को हुन ?
A. पिटर वेनेन्सन B. जियाउर रहमन C. अहमद सलिम D. जासिफ ब्रेउन टि
20. जोडा मिलाउनुहोस् ।
समुह I समुह II
a. मुन्सीखाना 1. श्री ३ प्राईम मिनिष्टरको कार्यालय
b. मुलुकी अड्डा 2. परराष्ट्र मामिला सम्बन्धि कार्य गर्ने
c. तवेला दलाल 3. सामान्य प्रशासन सम्बन्धि कार्य गर्ने
d. खड्ग निशाना 4. भ्रष्टाचार निवारण गर्ने
A) a3,b2,c4,d1 B) a2,b1,c3,d4 C) a4,b3,c2,d1 D) a2,b3,c4,d1
उत्तरहरुः
1. D 11. A
2. D 12. A
3. C 13. A
4. C 14. B
5. B 15. D
6. A 16. A
7. C 17. A
8. B 18. A
9. C 19. D
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 222