मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अचल सम्पत्ति हात पर्ने योग छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शेयर बजारमा फाइदा हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। सामान हराउने वा चोरी हुने भय पनि छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज रोकिएको धन हात पर्ला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
बन्न लागेको काम बिग्रनसक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक सद्भाव बढ्ने छ। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सरकारी निकायको भय रहला। अविश्वास उत्पन्न हुनेछ। परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफन्त सँग भेट घाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। स्वादिष्ट भोजन पाइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्ने छ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आकस्मिक धन लाभ हुनेछ। जोश, जाँगर र हिम्मत बढ्ने छ। दाम्पत्य जीवन सुखमय हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना प्रबल छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्ने छ। शुभकार्यको चर्चा पनि चल्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्ने छ। परिवारमा सुख सन्तोष छाउने छ। कला र गलाको प्रभाव बढ्ने छ।