1. क्षेत्रफलका हिसाबले ठूला महादेशहरुको उपयुक्त त्रम कुन हो ?
A. उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अन्टार्कटिका B. उत्तर अमेरिका, अन्टार्कटिका, दक्षिण अमेरिका, युरोप
B. उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप D. उत्तर अमेरिका, युरोप, दक्षिण अमेरिका, अन्टार्कटिका
2. तलका मध्ये गलत जोडा पत्ता लगाउनुहोस् ।
A. पठारको महादेश – एसिया B. श्वेत महादेश – अन्टार्कटिका
C. अमेजन नदी – दक्षिण अमेरिका D. भिक्टोरिया मरुभूमि – अष्ट्रेलिया
3. सार्क (SAARC) का सदस्य राष्ट्रहरु मध्ये कुन कुन लाई कर्कट रेखाले काटेर गएको छ ?
A. पाकिस्तान र भारत B. भारत र अफगानिस्तान
C. बंगलादेश र भारत D. भारत, बंगलादेश र पाकिस्तान
4. तलका भनाइहरु अध्ययन गर्नुहोस् र सही विकल्प छनोट गर्नुहोस् ।
१. भुमध्य रेखा, कर्कट रेखा र सुमेरी वृत्तमा पर्ने एक मात्र महादेश एसिया हो
२. कर्कट रेखा, मकर रेखा र भुमध्य रेखामा पर्ने एक मात्र महादेश अफ्रिका हो
A. १ मात्र ठिक B. २ मात्र ठिक C. १ र २ दुवै ठिक D. १ र २ दुवै गलत
5. भारतीय स्वतन्त्रता संग्रामका सन्दर्भमा कुन भनाइ ठिक छ ?
A. भारतीय स्वतन्त्रता संग्राम ११० वर्ष चलेको थियो
B. भारतीय स्वतन्त्रता संग्रामको पहिलो चरणलाई उग्रवादी युग भनिन्छ
C. गान्धीले सन् १९४१ मा भारत छोड आन्दोलन घोषणा गरेका थिए
D. भारत आउने अन्तिम भायसराय लर्ड माउण्ट वेटन हुन् ।
6. चाँगुनारायण स्तम्भ लेखमा उल्लेख भए अनुसार मानदेव भन्दा अगाडि त्रमशः निम्न ३ जना राजा थिए ती को को हुन् ?
A. वृषदेव, धर्मदेव, शंकरदेव B. शंकरदेव, धर्मदेव, मानदेव
C. वृषदेव, शंकरदेव, धर्मदेव D. वृषदेव, धर्मदेव, महिदेव
7. जोडा मिलाउनुहोस् ।
a. योग्यता प्रणालीको सुरुवात 1. अरब
b. अंकको प्रचलन 2. फ्रान्स
c. मेट्रिक प्रणालीको थालनी 3. हल्याण्ड
d. व्यंग्य चित्रको प्रचलन 4. बेलायत
A. a-4, b-1, c-3, d-2 B. a-4, b-2, c-3, d-1
C. a-1, b-4, c-2, d-3 D. a-4, b-1, c-2, d-3
8. राणा कालको सन्दर्भमा तल दिइएका मध्ये कुन जोडा गलत छ ?
A. खड्ग निशाना अड्डा – प्रधानमन्त्रीको कार्यालय B. कँडेल चोक – गरगहनाको व्यवस्था
C. तेजारथ अड्डा – कर्मचारीलाई रकम सापटी दिने D. दौडाहा प्रथा – भीम शमशेर
9. नेपालको संविधानको धारा ५८ मा के सम्बन्धी व्यवस्था गरिएको छ ?
A. आर्थिक अधिकारको प्रयोग B. राजस्वको बाँडफाँड
C. अवशिष्ट अधिकार D. राज्य शक्तिको बाँडफाँड
10. तलका मध्ये कुन भनाइ गलत छ ?
A. नेपालको संविधानको धारा ११४ मा अध्यादेशको व्यवस्था गरिएको छ
B. प्रतिनिधि सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक यस्तो अध्यादेश मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गर्न सक्नेछ
C. राष्ट्रपतिबाट जुनसुकै समयमा खारेज हुन सक्नेछ
D. राष्ट्रपतिबाट जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ
11. नेपालले अन्तर्राष्ट्रिय स्तरमा सहमति गरेको÷अनुमोदन गरेको पहिलो दस्तावेज कुन हो ?
A. CEDAW B. दासत्व महासन्धि
C. जातीय भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि D. खेलकुदमा रंगभेद विरुद्धको महासन्धि
12. मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, संयुक्त राष्ट्रसंघको वडापत्रको कुन धारा प्रयोग गरी तयार गरिएको छ ?
A. धारा १० B. धारा ११ C. धारा १२ D. धारा १३
13. प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले कहिले पुर्नस्थापना गरेको थियो ?
A. वि.सं. २०७७ फागुन ९ गते B. वि.सं. २०७७ फागुन ११ गते
C. वि.सं. २०७७ फागुन १२ गते D. वि.सं. २०७७ फागुन १३ गते
14. ‘हिटलर र यहुदी’ नामक कृतिका लेखक को हुन् ?
A. शंकर कोइराला B. वेन्जामिन नेतान्याहु C. वि.पी. कोइराला D. डायमन शमशेर
15. तलका भनाइहरु अध्ययन गर्नुहोस् र ठिक भनाइ छनोट गर्नुहोस् ।
१. म्याडम क्युरीले २ पटक नोवेल पुरस्कार जितेकी थिइन्
२. राडारको आविष्कार अल्फ्रेड नोवेलले गरेका थिए
३. आद्रताको मापन गर्ने यन्त्र हाइग्रोमिटर हो
A. १ मात्र ठिक B. १ र ३ मात्र ठिक C. सबै ठिक D. १ र २ ठिक
16. तलका मध्ये के कारणले कुपोषण लाग्ने गर्दछ ?
1.Over nutrition 2. Under nutrition 3. Imbalanced nutrition
A. 2 मात्र B. 2 र 3 मात्र C.1 र 3 मात्र D. माथिका सबै
17. तलका मध्ये कुन भनाइ गलत छ ?
A. Decent of Man नामक पुस्तकबाट चाल्र्स डार्विनले नोवेल पुरस्कार पाएका थिए
B. पहिलो विश्वयुद्धमा Mustard Gas नामक रासायनिक हतियारको प्रयोग भएको थियो
C. Silent Spring नामक पुस्तकका लेखक Rachel Carson हुन्
D. टाइपराइटरको आविष्कार अमेरिकामा भएको हो
18. कुन जोडा गलत छ ?
वैज्ञानिक आविष्कार
A. Kirkpatrick Macmillan Bicycle
B. M. Faraday Electric Battery
C. Thomas Edition The Light Bulb
D. John Logie Baird Television
19. तलका मध्ये गलत भनाइ पत्ता लगाउनुहोस् ।
A. UNEP को स्थापना सन् १९७२ जुन ५ मा भएको हो
B. पहिलो वातावरण दिवस सन् १९७४ बाट मनाउन सुरु गरिएको हो
C. UNFCCC को स्थापना सन् १९९४ मा भएको हो
D. COP 27 २०२२ नोभेम्बर २ देखि नोभेम्बर १७ सम्म USA मा भएको हो
20.Kyoto Protocal लाई विस्थापित गर्ने सम्झौता तलका मध्ये कुन हो ?
A. Kigali Agreement B. मिनामाता महासन्धि
C. Paris Agreement D. Rotterdam Convention
उत्तरहरुः
1. C 11. B
2. A 12. D
3. C 13. B
4. C 14. C
5. D 15. B
6. D 16. D
7. D 17. A
8. D 18. B
9. C 19. D
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 168