चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 8 of 1151
  • 2026-11-21
  • 11:50:43
  • शनिबार,मंसिर ०६, २०८३

About Author

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको विनिमय दर सार्वजनिक, कुन मुद्राको मूल्य कति ?

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ। सार्वजनिक दरअनुसार युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा तोकिएको छ। स्विस फ्र्यांक एकको खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अन्य विदेशी मुद्रामध्ये अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा कायम हुँदा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा तोकिएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा कायम गरिएको छ। खाडी मुलुकका मुद्रामा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा तथा संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा तोकिएको छ। यसैगरी, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४ रुपैयाँ ८४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

News by अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको विनिमय दर सार्वजनिक, कुन मुद्राको मूल्य कति ? :