चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 153 of 1157
  • 2026-11-24
  • 12:33:04
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– आज एकै दिन चार वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअनुसार लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम तय भएको छ। बैठक अपराह्न २ बजे बस्ने तय भएको छ । यस्तै, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ। यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाएको छ । त्यस्तै, अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ।

News by आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ? :