लोक सेवाले गर्‍यो कानुन अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-03
  • 14:44:15
  • सोमबार,साउन १८, २०८३
  • लोक सेवाले गर्‍यो कानुन अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    लोक सेवाले गर्‍यो कानुन अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कानुन अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै कानुन अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो।

    सामाजिक सुरक्षा कोषको विज्ञापन नं.०७–०८२–८३ (खुला), प्रशासन सेवा, कानुन समूह, ६ तह, कानुन अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    यसैगरी, सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०८/०८२/८३ (आ.ज.), विविध सेवा, कम्प्युटर इन्जिनियरिङ समूह, ६ तह, सूचना प्रविधि अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।

    यसैगरी, सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०६/०८२-८३ (मधेशी), प्रशासन सेवा, वित्त समूह, लगानी उपसमूह, ६ तह, वित्त अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।