आज राष्ट्रिय सभाको बैठक बस्दै, के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-11-05
  • 15:16:55
  • बिहिबार,कार्तिक २०, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

    आज राष्ट्रिय सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

    काठमाडौँ– आज (सोमबार) दिउँसो १ः १५ बजे संघीय संसद् राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१–८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

    यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन्।