आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ? - Chaitanya News
  • 2026-08-03
  • 09:48:07
  • सोमबार,साउन १८, २०८३
  • आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौँ– आज एकै दिन चार वटा संसदीय समितिको बैठक बस्दैछन् ।

    जसअनुसार लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम तय भएको छ। बैठक अपराह्न २ बजे बस्ने तय भएको छ ।

    यस्तै, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ।

    यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाएको छ । त्यस्तै, अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ।