चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 9 of 1151
  • 2026-11-21
  • 10:44:05
  • शनिबार,मंसिर ०६, २०८३

About Author

नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा परराष्ट्र मन्त्री र भारतीय राजदूतबीच छलफल

काठमाडौं–  परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटका क्रममा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको हो। भेटमा परराष्ट्र मन्त्री खनालले नवनियुक्त भारतीय राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे। त्यस अवसरमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउनेबारे कुराकानी गरेका थिए ।

News by नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा परराष्ट्र मन्त्री र भारतीय राजदूतबीच छलफल :