भारत, चीन र इजरायलका लागि राजदूतहरूले गरे पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-11-16
  • 12:31:56
  • सोमबार,मंसिर ०१, २०८३
  • भारत, चीन र इजरायलका लागि राजदूतहरूले गरे पद तथा गोपनीयताको शपथ

    भारत, चीन र इजरायलका लागि राजदूतहरूले गरे पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीनै जना राजदूतले शपथ ग्रहण गरेका हुन् ।

    शपथ लिनेमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्ण रहेका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले राजदूतमा नियुक्त गरेका थिए ।

    सरकारले १३ जना राजदूतको नाम सिफारिस गरे पनि संसदीय सुनुवाइ समितिले १० जनाको मात्रै नाम अनुमोदन गरेको थियो । समितिबाट अनुमोदित नाम सम्बन्धित मुलुकमा सहमतिका लागि पठाइएकोमा अग्रिमो प्राप्त भएका तीन जना राजदूतले सोमबार शपथ लिएका हुन् ।