चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 9 of 1151
  • 2026-11-21
  • 09:45:54
  • शनिबार,मंसिर ०६, २०८३

About Author

बिदामा पनि कर बुझाउन पाइने

काठमाडौँ– सेवाग्राहीलाई कर छुटको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि राजस्व संकलन सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले कात्तिक ३० गते सार्वजनिक बिदा भए पनि नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयबाट राजस्व संकलन कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कात्तिक २७ गते जारी गरेको सूचनामार्फत सार्वजनिक बिदाका दिन पनि राजस्व संकलन सेवा सञ्चालन हुने जानकारी दिएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र कर बुझाउने सेवाग्राहीलाई १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । उक्त छुट सुविधा प्राप्त गर्ने कात्तिक ३० गते अन्तिम दिन भएकाले सेवाग्राहीलाई कर बुझाउन सहज होस् भनेर सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ । पहिलो चौमासिकको कर छुट सुविधा उपयोग गर्न बाँकी रहेका सेवाग्राहीले अन्तिम दिनसमेत सम्बन्धित कार्यालयमा पुगेर राजस्व बुझाउन सक्नेछन् । यसअघि गृह मन्त्रालयले कात्तिक २७ गते सूचना जारी गर्दै कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रालयको सार्वजनिक बिदासम्बन्धी निर्णयका बाबजुद नगरपालिकाले भने राजस्व संकलन सेवालाई नियमित राख्ने भएको हो ।

News by बिदामा पनि कर बुझाउन पाइने :