सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्न इच्छुकका लागि आवेदन खुला - Chaitanya News
  • 2026-11-21
  • 09:49:53
  • शनिबार,मंसिर ०६, २०८३
  • सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्न इच्छुकका लागि आवेदन खुला

    सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्न इच्छुकका लागि आवेदन खुला

    काठमाडौँ– सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले योग्य तथा इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले रिक्त रहेको अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न दरखास्त आह्वान गरेको हो।

    मन्त्रालयअन्तर्गतको समितिले आज सूचना जारी गर्दै आवश्यक योग्यता र अनुभव पुगेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।

    इच्छुक उम्मेदवारले तोकिएको योग्यता पूरा गरी आगामी मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गर्न सक्नेछन्।

    अध्यक्ष पदका लागि आवश्यक शैक्षिक योग्यता, कार्यअनुभव, दरखास्त फाराम तथा आवेदनसँगै बुझाउनुपर्ने कागजातसम्बन्धी विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइट www.moic.gov.np र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np मा उपलब्ध गराइएको छ।

    योग्यता पुगेका इच्छुक व्यक्तिहरूले सम्बन्धित वेबसाइटबाट आवश्यक विवरण प्राप्त गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्।