चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 627 of 1154
  • 2026-11-23
  • 13:37:25
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लगातार भूकम्पका २११ धक्का

काठमाडौं- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि लगातार धक्का गइरहेको छ। शनिबार बेलुका ६ बजेसम्म २११ धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार शुक्रबार रातियता धक्का गएको हो। शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ।