भूकम्पमा घाइते भएकाको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने - Chaitanya News
  • 2026-05-05
  • 05:11:24
  • सोमबार,बैशाख २१, २०८३
  • भूकम्पमा घाइते भएकाको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने

    भूकम्पमा घाइते भएकाको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने

    काठमाडौं- जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको छ।

    अस्पतालले एक विज्ञप्ति जारी गर्दै भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार गर्ने बताएको हो।

    कलेजका सल्लाहकार तथा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको सक्रियतामा निःशुल्क उपचारका लागि अस्पताल प्रतिबद्ध रहेको बताइएको छ।

    स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउन तयार रहेको पनि अस्पतालले जनाएको छ।

    अस्पतालमा उपचारका लागि सहजीकरण गर्न ९८०२३३५११९ (नारायणप्रसाद दाहाल र) ९८०२३३५११३ केएमसी रेस्पोन्स टीमलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ।