जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो - Chaitanya News
  • 2026-11-19
  • 11:04:30
  • बिहिबार,मंसिर ०४, २०८३
  • जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

    जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

    जाजरकोट- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ।

    दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ। त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो। दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो।

    त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन्। भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन्। गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

    bhukampa11