लगातार भूकम्पका २११ धक्का - Chaitanya News
  • 2026-11-19
  • 11:04:35
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौं- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि लगातार धक्का गइरहेको छ।

    शनिबार बेलुका ६ बजेसम्म २११ धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार शुक्रबार रातियता धक्का गएको हो।

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ।