डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते - Chaitanya News
  • 2026-11-19
  • 11:04:23
  • बिहिबार,मंसिर ०४, २०८३
  • डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते

    डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते

    धनगढी- डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।

    दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले लोकान्तरलाई बताए। उनका अनुसार मृतक तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन।

    दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ।

    जीप अनियन्त्रित भई सेती खोलामा खसेको उनले बताए।