चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1038 of 1111
  • 2026-10-11
  • 19:37:24
  • आइतबार,आश्विन २५, २०८३

About Author

सरकारको लागि १८ अर्ब २५ करोडको आन्तरिक ऋण उठाइदिदै राष्ट्र बैंक

काठमाडौं– सरकारको लागि राष्ट्र बैंकले १८ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउने तयारी गरेको छ। यस्तो ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी विल्स जारी गर्ने गर्छ। गत असोज १३ गते मात्रै १३ अर्ब पाँच करोडको ट्रेजरी विल्स जारी गरेको राष्ट्र बैंकले सोमबार २८ दिने देखि ३ सय ६४ दिने अवधिका कुल १८ अर्ब २५ करोडको ट्रेजरी विल्स जारी गर्न लागेको हो। १३ असोजमा जारी भएको ट्रेजरी विल्समा आवेदकहरुले ९ प्रतिशतदेखि १२.९५ प्रतिशतसम्म ब्याजदर माग गरेका थिए। सो दिन जारी भएका दुई फरक फरक अवधिका ट्रेजरी विल्समा औसत १०.५६ देखि १०.८६ प्रतिशतसम्म ब्याजदर कायम भएको छ। सोमबार २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिनको दुई अर्ब २५ करोड र तीन सय ६४ दिनको तीन अर्ब रुपैयाँको ट्रेजरी विल्स जारी गर्न लागिएको हो। सोमबार तीन बजेसम्म यसमा आवेदन दिन सकिनेछ भने मंगलबार यसको बाँडफाँट हुनेछ।

News by सरकारको लागि १८ अर्ब २५ करोडको आन्तरिक ऋण उठाइदिदै राष्ट्र बैंक :