उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको गुरुग्राममा निधन - Chaitanya News
  • 2026-06-11
  • 09:34:21
  • बिहिबार,जेठ २८, २०८३
  • उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको गुरुग्राममा निधन

    उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको गुरुग्राममा निधन

    काठमाडौं– भारतको समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको सोमबार गुरुग्राममा निधन भएको छ। उनी ८२ वर्षका थिए। समाजवादी पार्टीले ट्वीट गरेर यसबारे जानकारी दिएको हो।

    पिसाब संक्रमण, रक्तचाप र सास फेर्न समस्या भएपछि उनलाई एक साता अघि अस्पताल लगिएको थियो। आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य नाजुक भएको र उनलाई जीवन रक्षक औषधी दिइएको जानकारी दिएको थियो।