सुदूरपश्चिममा झण्डै तीन महिनापछि ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक - Chaitanya News
  • 2026-10-11
  • 20:26:58
  • आइतबार,आश्विन २५, २०८३
  • सुदूरपश्चिममा झण्डै तीन महिनापछि ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

    सुदूरपश्चिममा झण्डै तीन महिनापछि ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

    धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सरकारको वार्षिक बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि प्रदेश सरकारले नयाँ बजेट ल्याएको हो।

    यसअघि नेपाली काँग्रेस नेतृत्वको सरकारले गत असार १ गते चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँकै बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेटसम्बन्धी विवादका कारण सरकार परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेको थिएन।

    अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट सार्वजनिक गर्ने बाटो खुलेको हो।

    यससँगै बजेटसम्बन्धी अन्योलका कारण रोकिएको प्रदेश सरकारको वार्षिक बजेट प्रक्रिया अघि बढेको छ।