सन्दीप लामिछानेलाई सोमबार अदालत पेस गरिँदै - Chaitanya News
  • 2026-06-11
  • 09:28:26
  • बिहिबार,जेठ २८, २०८३
  • सन्दीप लामिछानेलाई सोमबार अदालत पेस गरिँदै

    सन्दीप लामिछानेलाई सोमबार अदालत पेस गरिँदै

    काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार अदालत पेस गरिने भएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उनलाई अनुसन्धानका लागि म्याद थप माग गर्दै अदालत पेस गरिने छ। सरकारी पक्षले १५ दिनको म्याद माग गर्ने तयारी गरेको छ। नाबालिकामाथि बलात्कार गरेको जाहेरीपछि उनी न्यायिक हिरासतमा रहेका छन्।

    जाहेरी दर्ता हुँदा विदेश रहेका सन्दीप नेपालफर्केपछि प्रहरीले विमानस्थलबाट नियन्त्रयमा लिएर हिरासतमा राखेको थियो। आजबाट अदालतको नियमित काम कारबाही सुरु भएकाले म्याद थपको लागि पहिलोपटक उनलाई अदालत पेस गर्न लागिएको हो।

    जिल्लाले म्याद थप गरेपछि उक्त अवधिमा उनीमाथि अनुसन्धान हुनेछ। सरकारी पक्षले अनुसन्धान गरेर उनीमाथि अभियोग पुष्टि हुने आधार र प्रमाण फेला पारेमा मुद्दा दायर गर्ने छ।