चैतन्य अन्तरविद्यालय स्तरीय शिक्षक फुटसल प्रतियोगिता : सेमिफाइनलमा चार टोली भिड्दै - Chaitanya News
  • 2026-10-11
  • 16:18:48
  • आइतबार,आश्विन २५, २०८३
  • चैतन्य अन्तरविद्यालय स्तरीय शिक्षक फुटसल प्रतियोगिता : सेमिफाइनलमा चार टोली भिड्दै

    चैतन्य अन्तरविद्यालय स्तरीय शिक्षक फुटसल प्रतियोगिता : सेमिफाइनलमा चार टोली भिड्दै

    धनगढी-चैतन्य अन्तरविद्यालय स्तरीय शिक्षक फुटसल प्रतियोगिता–२०८३ अन्तर्गत चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएसँगै अब उपाधि यात्राका लागि प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ।

    सेमिफाइनलको पहिलो खेलमा बाल्मिकी बोर्डिङ स्कुल र मयुर बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनलमा एलायन्स र सुदूरभेदा आमनेसामने हुनेछन्। दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने टोलीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछन्।

    सेमिफाइनलमा प्रवेश गरेका चारै टोली उपाधि नजिक पुगेका छन्। फाइनल प्रवेशका लागि हुने यी प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। सेमिफाइनलका विजेता दुई टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

    शिक्षकहरूबीच आपसी सद्भाव, सहकार्य र खेलकुद भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यालयहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

    अब सबैको ध्यान सेमिफाइनलका खेलमा केन्द्रित भएको छ, जहाँ जित निकाल्ने दुई टोलीले उपाधिका लागि अन्तिम भिडन्त गर्नेछन्।

    कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

    त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।