चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 138 of 1162
  • 2026-11-26
  • 16:39:58
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव,केही स्थानमा चट्याङसहित मध्यम वर्षा

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकार िअनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ। यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ। पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ। यस्तै स्याङ्जा, नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ। यस्तै, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

News by आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव,केही स्थानमा चट्याङसहित मध्यम वर्षा :