अधिकृत तृतीय श्रेणीको लिखित परीक्षामा एक जना पनि उत्तीर्ण भएनन् - Chaitanya News
  • 2026-09-30
  • 22:41:44
  • बुधबार,आश्विन १४, २०८३
  • अधिकृत तृतीय श्रेणीको लिखित परीक्षामा एक जना पनि उत्तीर्ण भएनन्

    अधिकृत तृतीय श्रेणीको लिखित परीक्षामा एक जना पनि उत्तीर्ण भएनन्

    काठमाडौँ–  लोक सेवा आयोगले सञ्चालन गरेको अधिकृत तृतीय श्रेणीको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन्।

    नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १७/२०८२ (खुला तथा समावेशी) अन्तर्गत प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (वाणिज्य कानुन) पदका लागि सञ्चालन गरिएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले जनाएको छ।

    आयोगका अनुसार उक्त पदको लिखित परीक्षामा सहभागी उम्मेदवारमध्ये उत्तीर्ण हुने न्यूनतम मापदण्ड पूरा गर्न नसकेपछि कसैलाई पनि अर्को चरणका लागि छनोट गरिएको छैन।

    यससँगै उक्त पदको लिखित परीक्षाको नतिजामा ‘उत्तीर्ण उम्मेदवार संख्या शून्य’ रहेको छ।