लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-10-03
  • 09:43:15
  • शनिबार,आश्विन १७, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.पद्मश्री साहित्य पुरस्कार,२०८२ कसलाई प्रदान गरिएको हो ?
    A. रमेश भुसाल            B.कृष्ण प्रधान               C.वैरागी काईला               D.रामकुमार पाँडे

    2.अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ को नारा के थियो?
    A.समृद्ध नेपाल, सुखी नेपाली                  B.नेतृत्वमा नारी,समृद्धिमा सहकारी
    C.डिजिटल नेपाल                                  D.महिला शिक्षा, राष्ट्र विकास

    3.तलका मध्ये कुन तथ्य गलत छ?
    A)सुगौली सन्धि ३ मार्च,१८१६ मा भएको थियो।
    B)सुगौली सन्धि हुँदा नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाह थिए।
    C)सुगौली सन्धिमा ९ वटा धारा थिए।
    D)सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति भीमसेन थापा थिए।

    4.तलका मध्ये कुन नदी–उद्गम स्थलको जोडा गलत छ?
    A) अरुण — तिब्बत                                  B) तमोर — तिब्बत
    C) बुढीगंगा — महाभारत पर्वत                  D) विष्णुमती — सपनतीर्थ

    5.तलका भनाइ विचार गर्नुहोस्।
    १. नेपालका हालसम्म १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन्।a
    ३. कास्कीका ९ ताल सन् २०१६ फेब्रुअरी २ मा सूचीकृत भएका हुन्।
    सही विकल्प छान्नुहोस्।
    A) १ मात्र सही             B) १ र २ मात्र सही              C) २ र ३ मात्र सही         D) १, २ र ३ सबै सही

    6. एउटा कक्षामा अश्विनले आफूभन्दा बढी अंक ल्याउने विद्यार्थीको संख्या आफूभन्दा कम अंक ल्याउने विद्यार्थीको संख्याभन्दा 3 गुणा बढी भएको पत्ता लगाएका छन् । यदि अश्विनको स्थान 61 छ भने कक्षामा विद्यार्थीहरूको कुल संख्या कति होला ?
    A. 80               B. 81                  C. 82                 D.83

    7.दुई अंकको संख्यालाई “IJ” को रूपमा प्रतिनिधित्व गरिन्छ । यदि J2–I2 को मान J-I को मानको दश गुणा बराबर छ भने, दुई अंकको संख्या कति हो ?
    A. 26             B. 84                     C. 48                   D.37

    8. एउटा कक्षामा 30 प्रतिशत केटी छन् र त्यसमा 30 प्रतिशत होस्टलमा बस्छन् । होस्टेलमा बसेका केटीहरूको प्रतिशत कति हो ?
    A. 90%                B. 60%                  C 15%                 D. 9%

    9.सजीव दक्षिणतर्फ 10 मिटर हिँड्छन् । बायाँतिर फर्केर उनी 20 मिटर हिँड्छन् र त्यसपछि दाहिनेतिर हिँड्छन् । 20 मिटरको दूरी पार गरेपछि उनी दायाँतिर फर्केर 20 मिटर हिँड्छन् । अन्तमा, उनी दाहिने तिर फर्कन्छन् र 10 मिटरको दूरीमा जान्छन भने उनि रुविन्दुबाट कति टाढा र कुन दिशामा छन् ?
    A. 10 मिटर उत्तर              B. 20 मीटर दक्षिण               C. 20 मिटर उत्तर     D. 10 मिटर दक्षिण

    10.आशिष विहान 7:20 बजे आफ्नो घरबाट निस्किएर 25 मिनेटमा कुनालको घरमा पुग्छ । उनीहरु थप 15 मिनेटमा आफ्नो बे्रक फास्ट पुरा गर्छन् र आफ्नो अफिसको लागि प्रस्थान गर्छन् जुन थप 35 मिनेट लाग्छ । कुन समयमा तिनीहरु कुनालको घरबाट निस्केर आफ्नो अफिस पुग्छन ?
    A. विहान 7:40 बजे                B. बिहान 7:20 बजे              C. बिहान 7:45 बजे        D. बिहान 8:15 बजे

    11. तलका मध्ये कुन जीव नेपालमा संरक्षित सरीसृप होइन् ?
    A) अजिंगर                B) घडियाल              C) सुन गोहोरो              D) गैँडा

    12. पानामा नहरले कुन–कुन महादेशलाई छुट्टाउँछ?
    A) एसिया र युरोप                             B) उत्तर अमेरिका र दक्षिण अमेरिका
    C) अफ्रिका र एसिया                        D) युरोप र अफ्रिका

    13. क्षेत्रफल (उचाई) को आधारमा तलका झरनाहरूलाई ठूलो देखि सानो क्रममा मिलाउने सही विकल्प कुन हो?
    A) एन्जेल → टुगेला → केटेरास लास टेस हेमानास → ओलोपेना
    B) टुगेला → एन्जेल → ओलोपेना → केटेरास लास टेस हेमानास
    C) एन्जेल → ओलोपेना → टुगेला → केटेरास लास टेस हेमानास
    D) ओलोपेना → एन्जेल → टुगेला → केटेरास लास टेस हेमानास

    14. गौरवमय क्रान्ति (Glorious Revolution) लाई अर्को कुन नामले चिनिन्छ?
    A) औद्योगिक क्रान्ति                B) रक्तहीन क्रान्ति               C) फ्रान्सेली क्रान्ति         D) रुसी क्रान्ति

    15. आधुनिक फ्याक्ट्री पद्धतिका पिता भनी कसलाई चिनिन्छ?
    A) Richard Arkwright            B) James Watt             C) Henry Ford          D) Adam Smith

    16. If ‘-‘ stands for ‘division’, ‘+’ for multiplication, ‘÷’ for ‘subtraction’ and ‘×’ for ‘addition, which one of the following equations is correct?
    A. 6+ 20-12÷7×1=38                        B) 6-20 ÷12×7+1=57
    C. 6+20-12÷7×1=62                         D. 6÷20 x 12 +7-1=70

    17. A बाँयाबाट 25 औं क्रममा छ B दायाँबाट 11 औं क्रममा छ A / B को ठिक बिचमा 6 जना छन सो लहरमा जम्मा कति जना छन् ?
    A. 40                   B. 30                    C. 28                      D. 35

    18. अरुणले केही स्याउ 44% घाटामा बेच्छ । उसको ढक आफैमा वास्तविक तौलभन्दा 30% कमको थियो भने वास्तविक घाटा % कति हो ?
    A) 14%                    B) 18%                  C) 20%                D) 25%

    19. यदि 19a + 19b +19c = 437 भए a, b, c को औसत कति होला ?
    A) 6.33               B. 7.66                  C. 9.33                   D. 11.5

    20.A, B र C ले 100 खेलौना बनाउनु पर्छ । एक दिनमा, तिनीहरुले 25 खेलौना बनाउन सक्छन् । A एक्लै काम गर्न थाल्छ र केहि दिनमा 32 खेलौना बनाउँछ । त्यसपछि A ले काम छोड्छ र B र C ले बाँकी खेलौनाहरु बनाउन काम गर्दछ । 100 खेलौना बनाउन कुल 8 दिन लाग्छ । A लाई 256 वटा खेलौना एक्लै बनाउन कति दिन लाग्छ?
    A. 32 days                   B. 16 days                   C. 64 days                      D. 30 days

    1. A                             11. B
    2. B                            12. B
    3. D                           13. A
    4. C                           14. B
    5. D                          15. A
    6. B                          16. D
    7. A                           17. C
    8. D                          18. C
    9. B                          19. B
    10. D                       20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100