चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1097
  • 2026-10-02
  • 03:20:12
  • बिहिबार,आश्विन १५, २०८३

About Author

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिन चलखेल भएको बालेनको आरोप, गाडी तोडफोड गर्नेबाटै क्षतिपूर्ति भराउने

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले काठमाडौंको फोहोर लिएर गएको गाडीमाथि भएको तोडफोडलाई लिएर कडा प्रतिक्रिया जनाएका छन्। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने चलखेलस्वरुप गाडीमा तोडफोड भएको उनको टिप्पणी छ। तोडफोड गरिएको टिपर तथा डोजरको फोटोसहित सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले आफ्नो आक्रोश व्यक्त गरेका हुन्। वर्षौंदेखिको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको उनले बताएका छन् । साहले लेखेका छन्, ‘हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ। बालेनले फोहोर व्यवस्थापनप्रति आफू सुरुवातदेखि नै संवेदनशील र क्रियाशील भएको र आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरेका छन्। उनले कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको भन्दै कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट भएको पनि बताएका छन् । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्ने भन्दै उनले त्यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको पनि जनाएका छन्। ‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन,’साहले भनेका छन्, ‘कुनै पनि बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास नगरौं।  

News by काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिन चलखेल भएको बालेनको आरोप, गाडी तोडफोड गर्नेबाटै क्षतिपूर्ति भराउने :