रुपन्देही– नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा माओवादी केन्द्रबाट निर्वाचनमा लड्ने प्रचार गलत भएको बताएका छन्।
रुपन्देहीको क्षेत्र नं १ मा माओवादीबाट उम्मेदवार बन्ने समाचार गलत भएको उनले बताए।
‘म एक सातादेखि रुपन्देहीस्थित घर मै छु कोही कसैसँग उठ्ने नउठ्ने विषयमा छलफल भएकै छैन। माओवादीको चुनाव चिन्हबाट उठ्ने भन्ने त हुनै सक्दैन’, उनले भने।
एमालेबाट रुपन्देही १ र ३ मा टिकट दाबी गर्दै आएका उनको भावना विपरीत पार्टीले टिकट नदिएपछि आजै पार्टीमा नरहने घोषणा गरेका छन्। टेलिफोन संवादमा उनले अरू धेरै कुरा नगरे पनि कसैको चुनाव चिन्हमा उम्मेदवार बन्ने विषय अहिलेका लागि गलत भएको बताए।
उनले चुनाव लड्ने विषयमा भने छलफलमा नै रहेको बताए।