गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिँदै - Chaitanya News
  • 2026-04-24
  • 15:21:28
  • शुक्रबार,बैशाख ११, २०८३
  • गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिँदै

    गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिँदै

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिँदै छन्। महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन्।

    सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन्। ०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए।

    कांग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनमा २ ७ र ९ माओवादी र ८ मा एकीकृत समाजवादीले उम्मेदवार दिने छ।