एमालेले टिकट नदिएपछि मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै योगेन्द्र मण्डल - Chaitanya News
  • 2026-04-24
  • 15:26:46
  • शुक्रबार,बैशाख ११, २०८३
  • एमालेले टिकट नदिएपछि मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै योगेन्द्र मण्डल

    एमालेले टिकट नदिएपछि मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै योगेन्द्र मण्डल

    विराटनगर– पार्टीले टिकट नदिएपछि नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्।

    जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ। विपक्षी गठबन्धनको तर्फबाट सो क्षेत्रमा जसपा मोरङ अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन्।

    एक वर्षयता चुनाव लड्ने तयारीसहित मण्डल क्षेत्र नम्बर ५ मा सक्रिय थिए । तर गठबन्धन गर्दा उनको टिकट खोसिएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्। ‘म स्वतन्त्र उम्मेदवारी दिन्छु,,’ उनले भने,‘ जनताको घरदैलोमा जान्छु।’

    नेकपा एमालेले टिकट दिने आश्वास दिएपछि उनले क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश अभियान पनि सञ्चालन गरेका थिए। आफ्ना समर्थकको माग अनुसार उम्मेदवार बन्ने निर्णयमा पुगेको उनले बताए । ‘जनताले विकल्प खाजेका छन्,’ उनले भने, ‘जनतालाई विकल्प दिन म उम्मेदवारी दिन्छु।’

    क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले टिकट पाएका छन्।