काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन–२ बाट उम्मेदवारी दिने भएका छन्।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन(२ बाट चुनाव लड्ने भएका हुन् । पार्टी निकट स्रोतका अनुसार लामिछाने आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन जाँदैछन्।
यसअघि चितवन– ३ बाट चुनाव लड्ने चर्चा रहेका उनी– २ बाट चुनाव लड्ने भएका हुन्।
चितवन–२ बाटै सत्ता गठबन्धनको तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै छन्।