चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 7 of 1151
  • 2026-11-20
  • 10:28:55
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

कार्यालयमा अनुपस्थित हुने सात इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

काठमाडौँ — लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको तथा स्वीकृतिबिना बिदामा बसेको भन्दै पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरिएको जनाएको हो । सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका अनुसार न्यौपाने, भुषाल, श्रेष्ठ, आचार्य, थापा र पौडेल कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका हुन् । त्यस्तै, पदमेन्द्र प्रसाद श्रेष्ठलाई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको आधारमा सेवाबाट हटाइएको हो । उनीहरूमध्ये पहिलो छ जनालाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) र पदमेन्द्र प्रसाद श्रेष्ठलाई सोही उपदफाको खण्ड (छ) बमोजिम कारबाही गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निजामती सेवा ऐनको दफा ५९ को खण्ड (ख) को उपखण्ड (१) अनुसार सातै जनालाई सरकारी सेवाबाट हटाउने निर्णय गरेको हो । २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

News by कार्यालयमा अनुपस्थित हुने सात इन्जिनियर सरकारी सेवाबाट बर्खास्त :