चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 20 of 1153
  • 2026-11-22
  • 21:09:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

‘प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम जम्मा’

काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहँदा दुवै कोषमा गरी १८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषका विभिन्न खातामा कुल १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ मौज्दात रहेको छ । कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ जम्मा भएको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १४ लाख ९ हजार ७५७ अमेरिकी डलर मौज्दात रहेको छ । भोटेकोशी बाढीपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था र निकायबाट कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

News by ‘प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम जम्मा’ :