‘टस जितेर जनकपुरले रोज्यो बलिङ, अपराजित लुम्बिनी पहिले ब्याटिङ गर्दै’ - Chaitanya News
  • 2026-11-05
  • 12:25:02
  • बिहिबार,कार्तिक २०, २०८३
  • ‘टस जितेर जनकपुरले रोज्यो बलिङ, अपराजित लुम्बिनी पहिले ब्याटिङ गर्दै’

    ‘टस जितेर जनकपुरले रोज्यो बलिङ, अपराजित लुम्बिनी पहिले ब्याटिङ गर्दै’

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै साविक विजेता लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

    पहिलो संस्करणको विजेता जनकपुरले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले निर्धारित ओभरको सुरुवात ब्याटिङबाट गर्ने भएको हो ।

    यस सिजन उत्कृष्ट लयमा रहेको लुम्बिनी तीन खेलबाट पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । लुम्बिनी यस सिजन हालसम्म अपराजित रहने एक्लो टोलीसमेत हो ।

    यता जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ । दुवै टोली आजको खेल जित्दै आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा मैदान उत्रिएका छन् ।

    आजको खेलमा लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ । अभिशेष गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा समेटिएको छ ।

    त्यस्तै, जनकपुरले दुई खेलाडी परिवर्तन गरेको छ । अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोनले पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।

    मोइन अली भने एनपीएलका सुरुवाती चार खेल खेलेपछि अबुधाबी टी–१० लिग खेल्न गइसकेका छन् ।