चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 397 of 1152
  • 2026-11-22
  • 05:22:08
  • शनिबार,मंसिर ०६, २०८३

About Author

अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं : इरान

काठमाडौँ– अमेरिका र इजरायलको संयुक्त आक्रमण खेपिरहेको इरानले चर्को टिप्पणी गर्दै ‘मूल्य चुकाउन बाध्य पार्ने’ चेतावनी दिएको छ। शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका र इजरायलबाट दमनकारी विभेद भएको भन्दै मूल्य चुकाउन बाध्य पार्ने चेतावनी दिएकी हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार, इरानको महान राष्ट्रले दमनकारीहरूलाई अविस्मरणीय पाठ दिने बताएकी हुन्। ‘बहादुर सिपाहीहरू र इरानको महान राष्ट्रले अन्तर्राष्ट्रिय दमनकारीलाई अविस्मरणीय पाठ दिनेछन्,’ उनले भनेकी छिन्। यसैबीच सर्वोच्च नेता अलि खामेन मारिएको खबर बाहिरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खामेन मारिएको खबर बाहिरिए पनि इरानले भने यसलाई अस्वीकार गरेको छ। दुई तर्फबाटै वार्तातर्फ भन्दा पनि प्रतिआक्रमणमा उत्रिएसँगै तत्काल युद्धविराम हुन नसक्ने विश्लेषकहरूले बताएका छन्। रोयटर्स र इजरायली सञ्चारमाध्यमहरूले “वरिष्ठ” इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीको हत्या भएको रिपोर्ट सार्वजनिक गरेका छन्। यद्यपि स्वतन्त्र पुष्टि भने भएको छैन।

News by अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं : इरान :