‘चुनावपछि सिंहदरवार जलाएर मौकामा जेलबाट भाग्ने अतिवाद आउने खतरा छ’: गगन थापा - Chaitanya News
  • 2026-04-25
  • 17:22:21
  • शनिबार,बैशाख १२, २०८३
  • ‘चुनावपछि सिंहदरवार जलाएर मौकामा जेलबाट भाग्ने अतिवाद आउने खतरा छ’: गगन थापा

    ‘चुनावपछि सिंहदरवार जलाएर मौकामा जेलबाट भाग्ने अतिवाद आउने खतरा छ’: गगन थापा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले यो चुनावको परिणामले दुई खाले अतिवादलाई पक्षपोषण गर्ने खतरा रहेको बताएका छन्। आज (शुक्रबार) बुटवलको चुनावी सभामा बोल्दै थापाले नेपालले अब कुनै पनि खालको द्वन्द्व खेप्न नसक्ने भन्दै काँग्रेसले सम्हालेर लैजाने जिकिर गरे।

    उनले भने, ‘एउटा अतिवाद जसले भदौ २३–२४ गतेको घटनाको अवमूल्यन गर्छ, त्यो हुँदै भएको होइन षड्यन्त्र हो भन्छ। त्यहाँ युवाहरूको सहभागिता देख्दैन, असन्तुष्टि व्यक्त भएको देख्दैन। त्यस्तै खतरनाक अर्को अतिवाद छ जो त्यो मौका छोपेर सिंहदरवार जलाउन पनि लगाउँछ, मौका पर्दै गर्दा आफैँ जेलबाट पनि भाग्छ। यो दुइटै अतिवाद हिजो पनि देख्यौँ, भोलि पनि आउन सक् छ। पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने समय छ।’

    प्रत्येक महिना देश र जनतालाई हिसाब–किताब बुझाउने भन्दै थापाले काँग्रेसले परिणाम दिने विश्वास गर्न आग्रह गरेका छन्।