केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम गरिरहेको छ : बालेन शाह - Chaitanya News
  • 2026-04-25
  • 19:02:46
  • शनिबार,बैशाख १२, २०८३
  • केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम गरिरहेको छ : बालेन शाह

    केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम गरिरहेको छ : बालेन शाह

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ट नेता बालेन्द्र शाह (बालेन)ले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको बताएको छन।

    आज (शुक्रबार) चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यस्तै उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप समेत लगाए।

    देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ। किसानलाई सही मूल्य दिन जरुरी छ,’ बालेनले भनेका छन्।

    साथै, उनले चितवनमा किसानले सही मूल्य र बजार नपाएको समस्या भएको जिकिर गरे।

    किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ। केही सीमित विचौलिया, केही सीमित नेताहरूको सिन्डिकेटले पारी अनुदान नै अनुदानले कृषि हुन्छ,’ बालेनले भने, ‘त्यो सस्तोजस्तो देखिन्छ। त्यो देखाएर यहाँको किसानको चाहीँ महंगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ। त्यो रोक्न जरुरी छ।’