४३ दलले मात्रै बुझाए आयोगमा घोषणा पत्र - Chaitanya News
  • 2026-06-16
  • 14:20:14
  • मंगलबार,आषाढ ०२, २०८३
  • ४३ दलले मात्रै बुझाए आयोगमा घोषणा पत्र

    ४३ दलले मात्रै बुझाए आयोगमा घोषणा पत्र

    काठमाडौँ– आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन्। यसमध्ये ४३ दलले मात्रै चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन्।

    बाँकीले निर्वाचन आयोगको निर्देशन अनुसार चुनावी घोषणापत्र निर्वाचन आयोगमा पेश गरेका छैनन्।

    निर्वाचन आयोगले ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा पेश गर्न निर्देश गरेको थियो।

    तर हालसम्म पनि जम्मा ४३ दलले मात्रै घोषणापत्र ल्याएको निर्वाचन आयोगले जनाएको छ।