काठमाडौँ– नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा अडान लिएको बताएका छन्।
आज (शुक्रबार) काठमाडौँ ५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै एमालेले सामाजिक सद्भावका मुद्दालाई महत्वका साथ उठाएको बताए।
उनले भने, ‘यो हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो। यसलाई बिथोल्न खोज्ने कुनै पनि कुरा गलत हुन्, ती चिजहरूलाई अन्त्य गर्नुपर्छ भन्ने एमालेको अडान हो।’
एमालेले शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, रोजगारीको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा, यी यस्ता विविध क्षेत्रमा कृषिमा, उद्योगमा, पूर्वाधारमा, ऊर्जामा केन्द्रित भएको बताए।
०८४ सालमा हुनुपर्ने निर्वाचन ०८२ मा सामान्य रूपमा हुन नलागेको बताए। देशको हित विपरीत भइरहेका कामको विपक्षमा देशभक्त नागरिकहरूलाई गोलबन्द गर्न आवश्यक रहेको बताएका छन्।