चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 20 of 1099
  • 2026-10-03
  • 16:07:19
  • शनिबार,आश्विन १७, २०८३

About Author

न्यूयोर्कमा परराष्ट्र मन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच शिष्टाचार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उनीहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो। नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए।

News by न्यूयोर्कमा परराष्ट्र मन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता :