चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1081 of 1115
  • 2026-10-15
  • 10:36:31
  • बिहिबार,आश्विन २९, २०८३

About Author

सेयर बजार ४ दशमलव २९ अंकले घट्यो, ९० करोडको कारोबार

काठमाडौं– साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) घटेकोे छ। आइतबार ६ दशमलव ६८ अंकले बढेको बजार सोमबार ४ दशमलव २९ अंकले घटेर १ हजार ९७३ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो। सोमबार २२४ वटा धितोपत्रको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ। सोमबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ। सबैभन्दा बढि अन्य समूहको १ दशमलव शून्य ४ अंकले घटेको हो। त्यस्तै, सोमबार मैलुङ खोला जल विद्यूतको सेयरमूल्य ७ दशमलव ४३ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सबैभन्दा बढी ९ करोड ९६ लाखभन्दा बढीको सेयर कारोबार भयो।

News by सेयर बजार ४ दशमलव २९ अंकले घट्यो, ९० करोडको कारोबार :