काठमाडौं– दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ।
एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ। महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त, लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ।
कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सिंगे लामाको कथा छ। दीर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइलरकोशिस क्षेत्रीको संगीत र दीर्घ खड्काको सम्पादन छ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन्। सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्।